९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पोखराका जिमसेन्टर : व्यायामशाला बढे, खेलाडी बढेनन्

स्वास्थ्यका लागि खेलकुद। खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन्। शहरी जीवन व्यस्त छ। तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ।

पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे।

पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास

एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ। त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्ने रुखविरुवा हटाई चक्ल्याउन थालिएको छ। अहिले बिस्तारको काम भईरहेको छ। सडक विस्तारको कामले चरा चुरुंगीको बासस्थान भने प्रभावित बनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः हवाई इन्धन डिपो बल्ल बन्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको सातमहिना कटिसकेको छ। अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराकै पुरानो विमानस्थलबाट ट्यांकरमा ढुवानी गरेको भरमा हवाईजहाजका लागि आवश्यक पर्ने हवाई इन्धन पु¥याउने गरिएको थियो। तर, अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्रै हवाई इन्धनको भण्डारण गृह बनाउने तयारी भएको छ।

पाँचथरमा ५ करोड लगानीमा होटल सञ्चालन

कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।

पोखरा–मुग्लिन राजमार्गः पोखरादेखि विजयपुरसम्मको अतिक्रमण हटाउन थालियो

पृथ्वी राजमार्गको पोखरादेखि विजयपुरसम्मका सडक किनारका अतिक्रमित संरचना भत्काउन थालिएको छ। पोखरा महानगरपालिकाले राजमार्ग अतिक्रमण गरि बनाएका संरचना हटाउन सुरु गरेको हो।

आधा शताब्दी पुग्न लाग्दा पनि अधुरै

बसपार्क निर्माण नहुनुमा राजनीतिक दलहरूको पनि धेरथोर भूमिका छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्बासी हटाउनुपर्ने हुन्छ। तिनीहरूलाई उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने त्रास दलहरूमा छ। यसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं

पोखरामा बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन।

पहिरो खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध

धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।

यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण

एक महिनाको अन्तरमा रग्बीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउनेछ। त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउनेछ।

सर्वोच्च अदालतको फैसलाको खिल्ली उडाउँदै पोखरा महानगर !

जुन मापदण्ड कडाईका साथ लागू गर्न र मापदण्ड विपरीत बनेका अवैध संरचना भत्काउन सर्वोच्च अदालतले सरोकारवाला निकाय पोखरा महानगरपालिकालाई पटक/पटक आदेश दिइसकेको छ।

पर्यटन व्यवसायी भन्छन्: तथ्यांकमा पाहुना बढे पनि आम्दानी बढेन

नेपाल भित्रिने विदेशी पाहुनाको आकार कोरोना अघिकै अवस्थामा फर्किन थालेपनि पर्यटन व्यावसायी भने त्यो अनुसारको आम्दानी हुन नसकेको भन्दै सन्तुष्ट छैनन। पाहुना आगमनमा तथ्यांकगत रुपमा सुधार देखिएपनि व्यावसायीको आम्दानी त्यो अनुसार बढाउन नसकेको उनीहरु बताउँछन।

मुग्लिन-नारायणगढ खण्डको पहिरोले सम्झाउँछ: घुमाउनेको अलपत्र पुल

पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो। मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्