२३ पुस २०८१ मंगलबार
image/svg+xml

प्लास्टिकका बोतलमा खाँदेर दुर्लभ सुगा तस्करी

इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगाहरू फेला परेका छन्।

दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो।

भक्तपुरमा भेटियो दुर्लभ सालक

भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो । फेला परेको सालक प्रहरीले इलाका वन कार्यालय सूर्यविनायकको जिम्मा लगाएको छ ।

रेडपान्डामा ‘जिपिएस कलर’

संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिडोरअन्तर्गत इलामको सन्दकपुरमा १० वटा रेडपान्डामा जिपिएर कलर जडान गरिएको जनाइएको छ । नेपालमै पहिलोपटक रेडपान्डामा जिपिएस कलर जडान गरिएको हो ।

लकडाउनको मौका छोपी जंगलमा दुर्लभ वन्यजन्तु मार्ने सिकारी सक्रिय

लकडाउनमा स्थानीय सरकार र प्रशासनको ध्यान कोरोनातिर गएको मौका छोपी जिल्लामा दुर्लभ जनावर, माछा र पन्छीहरुको चोरीसिकारी गर्ने क्रम तीव्र बनेको छ । जंगल विनास गर्ने, दुर्लभ जनावर तथा चराहरुको चोरीसिकारी गर्ने तथा खोलाहरुमा अवैध रुपले माछा मार्ने क्रियाक्लापहरु बढेपनि सरोकारवालाहरुले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।

क्यामेरामा देखिइन् ‘हिमालकी रानी’

दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएका क्यामेरामध्ये च्छोरोल्पा हिमतालभन्दा केही माथि पहाडको फेदीमा राखिएको एउटा स्वचालित क्यामेराले वयस्क हिउँ चितुवालाई यसैगरी तीन पटकसम्म कैद गर्छ।

दुर्लभ रोग र राज्यको दायित्व

गत महिना संयुक्त राज्य अमेरिकाको औषधि अनुगमन निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ ले ‘सिस्टिक फाइब्रोसिस’ को ओखती बजारमा बेच्न र बिरामीमा प्रयोग गर्न अनुमति दियो। १२ वर्षभन्दा माथि उमेरका बिरामीका लागि सेवन गर्न अनुमति पाएको ‘ट्रिकाफ्टा’ एउटा मात्र नभएर तीन औषधि मिश्रण भएको र बिरामीले उक्त ओखतीका लागि बाँचुन्जेल प्रतिवर्ष ४ करोड रुपैयाँ खर्चनुपर्ने देखियो। अहिलेको अवस्थामा सामान्य आर्थिक अवस्था भएका मानिसको पहुँच नपुग्ने देखिए पनि विज्ञानले एउटा जटिल रोगको निदान दियो।

दुर्लभ रोग उपचारका चुनौती

बिसन्चो भएर अस्पतालजादाँ चिकित्सकले रगत परीक्षण, एक्सरेलगायतविभिन्नजाँचगर्छन्। बिरामीलाई फलानो रोग लागेको भनी यकिनगर्नु अनितदनुरूप ओखती दिनु डाक्टरको कर्तव्य हो। तर, कहिलेकाहीं विभिन्नपरीक्षण गर्दा पनि रोगीलाई के रोग लागेकोहो, पत्ता लगाउन चिकित्सकअसमर्थ हुन्छन्।

दुर्लभ पन्छी संरक्षणमा विद्यार्थी

गजुरी गाउँपालिका–७ र ८ का धानखेतमा चर्ने यो गरुड दुर्लभ र लोपोन्मुख हो भन्न्ने थाहा पाएपछि विद्यार्थी, स्थानीय र स्थानीय तह संरक्षणमा जुटेका हुन्।

संकटमा परेको ‘सालक’ जोगाइँदै

दुर्लभ वन्यजन्तुमध्ये सालक (प्यांगोलिन) प्रजातिको संरक्षणमा दुई वर्षदेखि सक्रिय पनौती–११ बल्थलीका स्थानीय ‘सालक संरक्षित वडा’ बनाउने तयारीमा जुटेका छन्। आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ। नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो। अर्को पुस्ताले पनि कालो सालक देख्न पाओस् भनेर बल्थलीवासीले यसको संरक्षण थालेका हुन्।

रेडपान्डा संरक्षण चुनौतीपूर्ण

दुर्लभ बन्यजन्तु रेडपान्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी रेडपान्डा संरक्षणमा प्रमुख चुनौती हुन्। रेडपान्डाको चोरी सिकारी नियन्त्रणमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीले रेडपान्डा संरक्षणमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा

जिल्लाको माइपोखरीछेउमा कुकुरले आक्रमण गरी लोपोन्मुख वन्यजन्तु रेडपान्डा मारेको छ। कुकुरले आक्रमण गर्दै गरेको भेट्टाएपछि स्थानीय गाडी चालकले कुकुरबाट खोसेर बचाउन खोजेपनि तत्कालै रेडपान्डा मरेको थियो।

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातीका चरा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्। आरक्षमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत गाेपाल घिमिरेले बताए। नेपालमा ३२ प्रजातीका दुर्लभ चराको बासस्थान रहेको छ।

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्