२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

विगत १० महिनादेखि निमित्त उपकुलपतिको भरमा चलेको पोखरा विश्वविद्यालय पछिल्लो ३ महिनादेखि उपकुलपति विहिन भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । उपकुलपति नियुक्तीको माग गर्दै विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका थिए ।

विद्यार्थी पढाउन ‘रेडियो कक्षा’

कोरोना संक्रमणको त्रासका कारण विद्यालय ठप्प रहेपछि दाङका स्कुले बालबालिकाहरुलाई रेडियोको माध्यमबाट पठनपाठन गराइएको छ । गत असारको पहिलो सातादेखि एफएम रेडियोको पहुँच रहेका स्थानीय तहहरुले रेडियो कक्षा सञ्चालन गरेका हुन् ।

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा

अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

बैंगलोरमा बेखर्ची बने नेपाली विद्यार्थी

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि नेपालमा जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थी बेखर्ची बनेका छन्। कलेज बन्द हुँदा र काम नपाउँदा निम्तिएको आर्थिक संकटका कारण आफूहरू समस्यामा परेको उनीहरूले बताएका छन्।

शिक्षकहरू घरघरमै गएर विद्यार्थीलाई पढाउँदै

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय सञ्चालन नहुँदा शिक्षक तथा विद्यार्थी निष्क्रिय बन्दै गएकाले विद्यालयले घुम्ती कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयले सुरुमा इन्टरनेट, मोबाइल, स्थानीय सञ्चारमाध्यम लगायतको बारेमा सर्वेक्षण गरेको थियो ।

खोटाङका ८८ परिवारलाई राहत

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत प्रदान गरेको छ ।

विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो।

निजी खुसी, सामुदायिक दुःखी

सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकको प्रश्न – एकातिर विद्यालयलाई क्वारेन्टाइन बनाउने अनि अर्कोतिर अनलाइन कक्षा सञ्चालन गर भन्ने ?

इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतीय उडानबाट उद्धार

एक नेपाली विद्यार्थीको भारतले इन्डोनेसियाबाट उद्धार गरेको छ। एक्सचेन्ज कार्यक्रम अन्तर्गत इन्डोनेसिया पुगेकी चितवन, रत्ननगरकी सेविका ढकाल त्यहाँबाट भारत फर्केकी हुन्। उनी अम्वालाको महर्षी मार्कन्डेय विश्वविद्यालयमा बीबीए अध्ययनरत थिइन्।

प्रधानमन्त्री ज्यू ! आफ्नै देश आउन पनि भीषा चाहिन्छ र ?

अघिल्लो साता फेसवुकमा संसदको लाइभ आइरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहनु भएको थियो। कतै विदेशमा रहेका नेपालीबारे पनि सरकारले केही घोषणा पो गर्छ कि भनेर संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पुरै हेरेँ।

उपत्यका र सदरमुकामका विद्यार्थी तथा मजदुरलाई लिमचुङबुङको राहत

उदयपुरको लिमचुङबुङ गाउँपालिकाले सदरमुकाम गाईघाट र काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थी तथा मजदुर वर्गलाई राहत दिएको छ । झण्डै दुई महिनादेखि लकडाउन हुँदा अप्ठेरोमा परेका विद्यार्थी तथा मजदुरलाई भोको बस्न नपरोस् भन्ने उदेश्यले चामल, दाल र नुन–तेलको राहत प्याकेज गाउँपालिकाले वितरण गरेको जनाएको छ ।

ताप्लेजुङमा रिड नेपालले जेठ १ गतेबाट रेडियोमार्फत विद्यार्थीलाई पढाउने

लकडाउनका कारण बिद्यालय जान नसकेका ताप्लेजुङका बिद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले दुरशिक्षा सिकाई रेडियो कार्यक्रममार्फत घरमै बसेर अध्ययनको मौका दिने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीले आतंकित भएको अवस्थामा सुरक्षित ढंगबाट बिद्यार्थी सिकाई केन्द्रित गर्न यस्तो अभियान सुरु गर्न लागिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए।

निश्चिन्त शिक्षक र विद्यार्थी संगठन, अलमलमा स्थानीय सरकार

जिल्लाको शैक्षिक प्रणालीसुधारका लागि के गर्ने भन्ने बारेमा रोल्पाका शिक्षक, विद्यार्थी र विद्यार्थी संगठनहरु कसैले पनि चासो देखाएका छैनन्। शिक्षकहरुमा जागिरे प्रवृति र राजनीतिमात्रै गर्नका लागि बनेका विद्यार्थी संगठनलाई वर्तमान परिस्थितिसंग चिन्ता पनि छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्