coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

इन्डोनेसियाबाट नेपाली विद्यार्थीको भारतीय उडानबाट उद्धार

सेवीका ढकाल विमानस्थलमा

एक नेपाली विद्यार्थीको भारतले इन्डोनेसियाबाट उद्धार गरेको छ। एक्सचेन्ज कार्यक्रम अन्तर्गत इन्डोनेसिया पुगेकी चितवन, रत्ननगरकी सेवीका ढकाल त्यहाँबाट फर्केकी हुन्। उनी अम्वालाको महर्षी मार्कन्डेय विश्वविद्यालयमा बीबीए अध्ययनरत थिइन्। उनी इन्डोनेसियाको अरिलङघा विश्विद्यालयमा पुगेकी थिइन्। दुई सेमेस्टर महर्षी मार्कन्डेय विश्वविद्यालयमा अध्ययन गरेपछि आफुसहित तीन जना विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत इन्डोनेसिया आएको उनले बताएकी छन्। तीन महिनाको कार्यक्रमको लागि आएका उनीहरु कोरोना महामारी नियन्त्रणका लागि नेपाल भारत दुवै तिर अन्तराष्ट्रिय उडान बन्द गर्दै लकडाउन भएपछि अलपत्र परेका थिए।  

भारतीय नागरिकको उद्दारका लागि जहाज आउन लागेको सुनेपछि आफु पनि फर्कन चाहेको नेपाल र भारतका दूतावशमा उनले जानकारी गराएकी थिइन्। अन्तिममा आफ्नो आग्रहलाई दूतावाशले स्वीकार गरेको उनले बताएकी छन्। आफुले यस विषयमा नेपाली पक्षलाई पनि बताएको र नेपाल सरकारले पनि त्यसको लागि पहल गरेको र त्यही दिन सबै काम भएको ढकालले भिडियोमा बताएकी छन्।

उनले कठिन परिस्थितिमा पनि हिम्मत हार्न नहुने बताएकी छन्। हिम्मत नै आफ्नो साथी भएको बताउँदै ढकालले नेपाल र भारतका दुवै सरकारलाई सहयोग गरेको लागि धन्यवाद दिएकी छन्।  

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App