२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

निश्चिन्त शिक्षक र विद्यार्थी संगठन, अलमलमा स्थानीय सरकार

तस्बिरः बिद्यालयबाट घर जाँदै गरेकी थकित विद्यार्थी (केहि समय पहिलेको तस्बिर।)

रोल्पा - जिल्लाको शैक्षिक प्रणालीसुधारका लागि के गर्ने भन्ने बारेमा रोल्पाका शिक्षक, विद्यार्थी र विद्यार्थी संगठनहरु कसैले पनि चासो देखाएका छैनन्। शिक्षकहरुमा जागिरे प्रवृति र राजनीतिमात्रै गर्नका लागि बनेका विद्यार्थी संगठनलाई वर्तमान परिस्थितिसंग चिन्ता पनि छैन।

‘हाम्रोमा अनलाइनको सम्भावना नै छैन। रेडियोका लागि सोच्दै छौ।’ नेकपा निकट शिक्षक ंसगठनका अध्यक्ष मधुसुदन पोख्रेलले भने ‘जिल्ला भरका सबै बिद्यालयले कोर्डिनेसन गरेर पढाई सुरु गरेमा सजिलो र सस्तो पनि हुन्छ।’ उनका अनुसार अझै अरुसंग छलफल भने भएको छैन। संगठनहरु पनि बसेर छलफल गरिएको छैन। 

नेपाली कांग्रेस निकट शिक्षक संघ रोल्पाका अध्यक्ष मिलन मल्ल भन्छिन् ‘शिक्षक संघ संगठन, महासंघ कोहि कसै बिचमा छलफल भएको छैन। पेशागत संगठनहरु सकृय हुनुपर्ने चाहि हो।’ शिक्षक र उनका संगठन जस्तै यहाँका विद्यार्थी र संगठनहरु पनि गुमनाम जस्तै छन्। शिक्षक र विद्यार्थी संगठनहरुले चुनावका बाहेक अन्य समयमा पेशागत कर्तब्यका सवालमा बोल्ने गर्दैनन्। 

नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष भिम सुनार आफूहरुले यो बिषयमा छलफल नगरेको बताउछन्। ‘कुनै योजनाका बारेमा छलफल हुनु पर्ने हो तर त्यसो भएको छैन।’ चुनाव र अन्य राजनीतिक कार्यक्रममा प्रयोग हुने विद्यार्थी नेतृत्वले यतिबेला कर्तब्य भुलेका छन्। नेपाली कांग्रेस निकट विद्यार्र्थी संगठनका अध्यक्ष शेरबहादुर थापा यो बिषयमा राज्यले चासो दिनु बताउँछन्। ‘हामिलाई आफ्नै भूमिकामाथि आफैलाई पनि सन्तोष छैन। विद्यार्थी संगठनले यो बिषयमा भूमिका नखेलेकै हो।’ थापा भन्छन् ‘हाम्रो जिल्लामा शिक्षामा सम्बेदनशिलता पनि छैन।’ 

अलमलमा स्थानीय सरकार
स्वास्थ्य गतिबिधि र क्वारेन्टाइन ब्यबस्थापनले भ्याई नभ्याई भएका यहाँका जनप्रतिनिधिलाई शैक्षिक गतिबिधिका बारेमा चासो र चिन्ता जागेको छैन। आर्थिक बर्षको अन्त्य आउन थाल्दा समेत रकम खर्चिन नपाएपछि उनीहरु अर्कै चिन्तामा परेका हुन। परिबर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डागी भन्छन ‘अहिले शिक्षाका बारेमा केहि सोच बनाएका छैनौ। अनलाइन त हुँदैन बरु अन्य माध्यमको खोजी गर्नु पर्ने छ।’ उनी जस्तै लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले पनि कुनै योजना नबनाएको बताए। ‘२५ गते पछिको अबस्था हेरेर केहि प्लान बनाउनु पर्ला।’ 

आजसम्म रोल्पाका कुनै पनि स्थानीय तहले कसरी शिक्षाका सवालमा के गर्ने भन्ने बारेमा छलफल समेत गरेका छैनन्। ‘समस्या छ। हामीसंग प्रबिधि पनि छैन। अलि अलमल जस्तै छ।’ सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती भन्छन् ‘अब शिक्षा कसरी संचालन गर्ने भन्ने बारेमा पनि छलफल गर्नु पर्ला।’

प्रकाशित: २५ वैशाख २०७७ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App