७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थीको हातमा अझै पुगेन किताव

कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै अक्रान्त बनेको छ। जसका कारण चैत महिनादेखि देश लकडाउनमा छ। सरकारले अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेसँगै विद्यालय क्याम्पसलगायतका शैक्षिक संस्था ठप्प छन्। नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि विद्यालयमा पढाइ हुन सकेको छैन। कोरोना भाइरसको महामारीका कारण चैत महिनामा सञ्चालन गरिने माध्यमिक शिक्षा (एसइइ)को परीक्षासमेत विद्यालयलाई नै जिम्मा दिएको छ।  

देश कोरोना महामारीको चपेटामा परेको बेला भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रले भने केन्द्रबाट छापिएका पाठ्यपुस्तक जिल्ला जिल्लामा रहेका वितरण केन्द्रमा पठाएको छ। महामारीको समयमा पनि विद्यार्थीको पठनपाठनलाई लक्षित गरेर जिल्लाका विभिन्न आठ वटा वितरण केन्द्रमा एक करोड १७ लाख ६० हजार थान नयाँ पुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।  

सरकारले सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्मका पुस्तक निःशुल्क वितरण गर्दै आएको छ। जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक छापेर मुलकका विभिन्न ठाउँमा स्थापना गरिएका मुख्य वितरण शाखामा पठाउने गर्छ। पुस्तक छापेर भक्तपुरबाटै सबै जिल्लामा पुस्तक वितरण गर्न कठिन हुने भएकाले देशका विभिन्न सहरमा वितरण शाखा स्थापना गरिएको हो। केन्द्रमा छापिएका पुस्तकहरू समयमै सबै विद्यालयमा पु¥याउन नक्नेभएपछि ८ वटा वितरण शाखा सञ्चालन गरेको केन्द्रका सूचना अधिकारी चित्र आचार्यले बताए।  

उनका अनुसार यस वर्ष देशभरका विद्यालयमा पुग्नेगरी केन्द्रले ८० प्रतिशत पुस्तक छापेर वितरण शाखामा पठाइसकेको छ। यहाँबाट पठाइएका पुस्तकहरूलाई वितरक शाखाले विगतका वषदेखि नै आफ्नो पायक पर्ने जिल्ला, सदरमुकाममा पठाउने गरेको उनको भनाइ छ।  

यस वर्ष देशमा भइरहेको लकडाउनका कारण विद्यालयहरू बन्द रहेकाले विद्यार्थीको हातसम्म अझै पुस्तक पु¥याउन समस्या भएको सूचना अधिकारी आचार्यले बताए। वितरक केन्द्रमा पुस्तक समयमै पुगे पनि अहिलेसम्म २५ प्रतिशत मात्रै पुस्तक वितरण भएको उनले बताए।  

लकडाउनका कारण अझै विद्यार्थीको हातमा पुस्तक पुगेको छैन। सरकारले स्थानीय तहको सहयोगमा भए पनि विद्यार्थीको घर घरमै पुगेर पुस्तक पु¥याउने व्यवस्था गनुपर्ने अहिलेको आवश्यकता रहेको उनी बताउँछन्।  

केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले विद्यार्थीको घरमै पुस्तक पु-याउनका लागि छलफल भइरहेको बताए। कोरोना भाइरसको त्रासका कारण पनि विद्यालयबाट वितरक केन्द्रमा पुस्तक लिन नआएको बताउँदै उनले भने, ‘लकडाउनका समयमा सञ्चालनमा ल्याइएको अनलाइनका कक्षाका लागि पनि विद्यार्थीलाई पुस्तक आवश्यक छ। विद्यार्थीको हातमा पुस्तक पु¥याउन सकियो भने उनीहरू खाली समयको पनि सदुपयोग हुने थियो।’

प्रकाशित: २६ असार २०७७ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App