२० आश्विन २०८१ आइतबार
image/svg+xml

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।

सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

डा बिमल विपी साहित्य सम्मानबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन। सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।

खोज, स्मृति र न्यायको प्रश्न

सत्य, न्याय र परिपूरणलाई पीडित अधिकारका रूपमा स्थापित तथा तत्काल पीडितमैत्री कानुन अनुमोदन गर्दै सक्षम, निष्पक्ष र प्रभावकारी आयोग गठनको प्रक्रिया सुरु गर्नुपर्छ।

उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल

विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन्।

राष्ट्रिय स्क्वासः दीपक थापा फाइनलमा प्रवेश

नेपाल स्क्वास र्‍याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्।

सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी: पूर्व मन्त्री आचार्य

पूर्व मन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गरेका छन्।

अत्याचारविरुद्ध जबरजस्त एउटा मान्छे

सिनो बहिष्कार आन्दोलनको सफलताले चमार जातिको जीवनस्तर केही न केही फेरिँदै गएको छ। बलदेव रामले उठाएका दलितको आत्मसम्मान, भूमि अधिकार, शिक्षा र रोजगारीलगायत आवाजको प्रभाव पर्दै गएको छ।

भारतीय स्वतन्त्रता संग्राममा बिपी

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलगिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो।

राई र थापाको जोडी च्याम्पियन

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन्।

प्रकाश स्मृति बक्सिङको तयारी पूरा

असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

तिलागुफामा नरेन्द्र स्मृति भलिबल कप सुरू

तिलागुफा नगरपालिकामा नरेन्द्र स्मृति कप सुरू भएको छ। राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय नरेन्द्र शाहीको सम्झनामा पहिलोपटक तिलागुफा नगरपालिकाले स्मृति कप संचालन गरेको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्