१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राई र थापाको जोडी च्याम्पियन

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।

एमाले नेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता लीलबहादुरको जोडी च्याम्पियन भएको हो।

ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइज लेजर पार्कमा सम्पन्न फाइनलमा राई र थापाको जोडीले एमालेका नेता यज्ञराज सुनुवार र नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनको जोडीलाई २१-१७ र २१-१९ ले हराउँदै उपाधि उचाल्यो।

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।

उक्त प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा एमालेका नेताद्वय भानुभक्त ढकाल र नवराज सिलवालको जोडी संयुक्त रूपमा तेस्रो भए।

बुधबार नै भएको सेमिफाइनलमा थापा दाजुभाइको जोडी राई र थापाको जोडीसँग २१-१६ र २१-१७ ले पराजित भएको थियो। अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१-६ र २१-७ ले हरायो।

विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पुरस्कार वितरण गरे।

बुधबार नै भएको सेमिफाइनलमा थापा दाजुभाइको जोडी राई र थापाको जोडीसँग २१-१६ र २१-१७ ले पराजित भएको थियो। अर्को सेमिफाइनलमा भने यज्ञराज र दिलमानको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१-६ र २१-७ ले हरायो।

महासंघले संविधान सभा सदस्य, राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका वर्तमान तथा पूर्वसदस्यबीच प्रतियोगिता गराएको हो। उक्त प्रतियोगितामा कुल ६२ जना राजनीतिज्ञले सहभागिता जनाएको महासंघका सचिव तथा प्रवक्ता तीर्थबहादुर खड्काले बताए।

नेपाल खेलकुद महासंघले राजनीतिकर्मीबीच विभिन्न समयमा हुने कटाक्ष र वैमनस्यलाई खेलकुदको माध्ययमबाट कम गर्ने उद्देश्यअनुरूप उनीहरूबीच भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको नेपाल राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए। 

प्रकाशित: २१ असार २०८० ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App