१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल

विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन् । 

विराटनगर टेबल टेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा गल्र्स सिङ्गलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । श्री श्री रविशंकर स्कुलकी स्वाती साहले सेन्टमेरिजकी स्वर्णिमा बुढाथोकीलाई ११–५, ११–३ र ११–४ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

त्यस्तै, ब्वाइज सिङ्गलतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डेले श्री श्री रविशंकरका सक्षम बस्नेतलाई ६–११, ११–६, ११–५ र ११–७ स्कोरले पराजित गर्दै फाइनलमा पुगे । लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले सगरमाथाका अभिषेक मुखियालाई ११–८, ११–५, ११–३ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको फाइनल खेल तथा क्याडेट ब्वाइज र गल्र्सका खेलहरू शुक्रवार हुनेछ । विराटनगरका १६ वटा निजी विद्यालयका १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिङ्गल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएको क्लबका अध्यक्ष विकेन थापाले जानकारी दिए । 


 

प्रकाशित: २५ श्रावण २०८० १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App