१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।

आज काठमाडौँको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उनले शालिकमा माल्यार्पण गर्दै यस्तो कुरा बताएका हुन।उनले सरकार गठन हुँदा भएको दलहरूबिचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए।

उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए।उनले पार्टी भित्र काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आए पनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए।

नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए।

प्रकाशित: २ आश्विन २०८० ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App