१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्नु सक्नुपर्छ अध्यक्ष थापा

फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्र मन्त्री कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताएका छन्।

आज टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन।उनले भारतसँग असमझदारी भन्दा पनि समझदारी बढाएर दुई देश भित्रका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए। 

उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट खुसी भएर फर्किए पनि व्यवहारिक रुपमा के परिवर्तन भएको भन्ने विषय सबैले देखिरहेको बताए। उनले नेपाल भारतबिच विगतदेखि स्वाभिमान, राष्ट्रियताको दृष्टिकोणबाट महत्त्वपूर्ण विषयमा समस्याहरू रहेको बताए।

अध्यक्ष थापाले सन् १९५० को सन्धी, दुई देशबिच रहेको सीमा सम्बन्धी विवाद, सीमा व्यवस्थापन सम्बन्धी विषय, बेला बेला आउने डुबानसम्बन्धी समस्या र पारवहनसँग सम्बन्धित विषयहरूमा रहेका असमझदारीहरूलाई सरकारले ट्र्याकमा राखेर यसैलाई आधार मानेर अरु सम्बन्धहरूलाई असर पर्न दिनु नहुने धारणा पनि राखे। 

उनले व्यापार र आर्थिक क्षेत्रको सुदृढीकरणमा ध्यान जान आवश्यक रहेको बताए। उनले नेपाली जनताको परिवर्तित चाहना र मानसिकतालाई समेत सम्बोधन गर्दै मुलुकलाई आर्थिक दृष्टिकोणबाट समृद्ध तुल्याउनका निमित्त भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्नुपर्ने अध्यक्ष थापाको भनाइ छ।

प्रकाशित: १९ श्रावण २०८० १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App