७ आश्विन २०८१ सोमबार
image/svg+xml

एनआइएमबी सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न आदेश

नेपाल इनभेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड सञ्चालक समिति चयनका लागि यही चैत २० गते गर्ने भनिएको निर्वाचन सर्वोच्च अदालतबाट आइतबार जारी अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको छ।

सकियो महिला नेतृत्व कृषि सम्मेलन

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ।

बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन।

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको अन्तिम टी–२० अभ्यास खेल आज

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

सानालाई ऐन ठूलालाई चैन

भ्रष्टाचार अभियोगमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङको निलम्बन फुकुवाले मुलुकमा न्यायाधीशको बोलीको भरमा न्याय हुने गरेको पुष्टि भएको छ।

जहाँ भुइँमान्छे जहिल्यै आन्दोलन गर्न अभिशप्त छन् !

नेपाल यस्तो देश हो जहाँ हरेक पुस्ताले आफ्ना जिन्दगीमा पटक–पटक आन्दोलन देख्नु सामान्य भएको छ भने गरिबी र अन्यायमा बाँचेका आन्दोलनकर्मीहरूले आन्दोलन भोग्नु र पीडा महसुस गर्नु अभिशाप जस्तै भइरहेको छ।

पशुपतिनाथको रक्षा गर

नेपालमा पछिल्लोपटक अनेकखालका घटनाक्रम विकास भइरहेका देख्न पाइन्छ। जसलाई जे गर्न भनेर स्थापना गरिएको छ वा जे जिम्मेवारी दिइएको छ, त्यसैका लागि पनि निर्देशन दिनुपर्ने भएको छ।

प्रधानमन्त्रीलाई चालिसेको चुनौतिः सहकारी पीडितका अघि गृहमन्त्री दोषी छैनन् भन्नुस्

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन्।

संविधानमा समयानुकूल संशोधन आवश्यक: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानलाई समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन्।

काँग्रेसले दोहोर्‍यायो गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग

आजको बैठकमा पनि प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्‍याएको छ।

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली दूतावासमा कार्यशाला आयोजना गरिएकाे छ।

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्