१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ।

बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ।

यसैगरी, बिहान साढे १० बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ। बैठक बिहान साढे १० बजे संसद भवनस्थित शंकर हलमा बस्नेछ। बैठकमा प्रश्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाई प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित: १९ चैत्र २०८० ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App