५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

भारतको उत्तराखण्ड पहिराेमा बेपत्ता नेपालीको खोजी कार्य जारी

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिराेमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयको अनुगमन: अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।

ज्येष्ठ नागरिकको अनुभव: स्थानीय सरकार नै जनताको सरकार

‘उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ’, उनले भने, ‘ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन।’

६ महिना पछि सुदूरपश्चिम सरकारले पायो पुर्णता, तीन मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ। प्रदेश सरकारमा नागरिक उन्मुक्ती पार्टी पनि सहभागी भएकाे छ।

जुलाईदेखि सेप्टेम्बरसम्म अतिरिक्त समय उडान गर्न नपाइने

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ।

जलहरी र धर्मशाला काण्डमा मुछिएकाहरू नै कोषको सदस्य–सचिव र सदस्य नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।

ज्वाइँ बनेका दावाको माओवादी नेतासँग सिधा सम्पर्क

राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ। लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो। रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् ।

कोशीमा सरकार बनाउन परालको खुट्टा लगाएर नहिँडौँ: किराँती

उनले एक–एक जनालाई रिझाएर बहुमत पुर्‍याउनुभन्दा दलहरूले आलोपालो सहमतिमा सरकारको नेतृत्व गर्नु उपयुक्त हुने धारणा राखे।

यो पनि

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा सुन प्रकरणमा मालिकलाइ उन्मुक्ति दिएर भरियामात्र समातिएको प्रति व्यङ्ग्य गरिएको छ।

५९ वर्षमा : न नागरिकता,न घर

बिहेपछि बाबु र पति दुवैको मृत्यु भएपछि देउमाई नगरपालिकाकी एक महिला र उनका छोरा नागरिकताबाट वञ्चित भएका छन्। आमाकै नागरिकता नभएपछि हुर्केका छोराको समेत जन्म दर्ता हुन सकेको छैन।

चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।

मुसहर बस्तीमा खुसीसँगै अन्योल

दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभाले सञ्चालक पदमा सुुरेशप्रसाद खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ। कोषको साधारण सभा २०८० असार ३१ गते सम्पन्न भएको हो।

नागरिक लगानी कोष २९ औं वर्षमा

नागरिक लगानी कोषको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्