५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जुलाईदेखि सेप्टेम्बरसम्म अतिरिक्त समय उडान गर्न नपाइने

फाइल तस्बिर

मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ।

यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो।

निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्य लगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ।

नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालय मार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ।

त्यस्तै आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका, २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको ‘अपरेशन आवरको’ समय भन्दा अघिपछि विशेष गरी जुलाई, अगष्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिएको छ।

आन्तरिक विमानस्थलले ‘अपरेशन आवर’भित्र बसी अपरेशनसम्बन्धी कार्य मौसम चुस्त रुपमा गरेरनगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थलले गर्ने जनाइएको छ। उल्लेखित निर्णय प्राधिकरणका महानिर्देशकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याइने प्राधिकरणको भनाइ छ।  

प्रकाशित: १६ श्रावण २०८० १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App