१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोष २९ औं वर्षमा

नागरिक लगानी कोषको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ। त्यसैगरी आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ। सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताए।

प्रकाशित: १ श्रावण २०८० ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App