४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

६ महिना पछि सुदूरपश्चिम सरकारले पायो पुर्णता, तीन मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ। प्रदेश सरकारमा नागरिक उन्मुक्ती पार्टी पनि सहभागी भएकाे छ। 

सरकारलाई समर्थन जनाए पनि यस अघि भागबण्डा नमिल्दा नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी भएको थिएन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् भने कैलाश जोशीलाई सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

यसैगरि मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन। नवनियुक्त मन्त्रीहरुको अहिले साँझ प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम छ।  

प्रकाशित: १७ श्रावण २०८० १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App