५ आश्विन २०८१ शनिबार
image/svg+xml

जाजरकोट भूकम्प अपडेट :मृत्यु हुनेको सख्या १३३ पुग्यो

जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

महोत्तरीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।आफैले चलाइरहेको ट्याक्टर पल्टिँदा महोत्तरीकै पिपरा गाउँपालिका ६ का ३६ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो।

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरीकाे मृत्यु

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ।

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनाः १३ को मृत्यु, ५० घाइते

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।

दसैंमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ। सयौँ जना बेपत्ता भएका छन्।

पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।

काबुलमा बिष्फोट हुँदा दुईको मृत्यु,९ घाइते

अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।

श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्