अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।
काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बिष्फोट बजारी क्षेत्रमा भएको बताउनु भयो । उनले बिष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए। गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो बिष्फोट हो । यसअघि पनि सो क्षेत्रमा एक पार्किङ स्थलमा बिष्फोट भएको थियो।
प्रकाशित: ११ कार्तिक २०८० ०३:५३ शनिबार