१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

महोत्तरीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।आफैले चलाइरहेको ट्याक्टर पल्टिँदा महोत्तरीकै पिपरा गाउँपालिका ६ का ३६ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो।

आज यादवले चलाउँदै गरेको ट्याक्टर प्रदेश २–०२–००१ त १९६९ नम्बरको दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुरास्थित सडकबाट बिगही नदिको किनारमा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

घरबाट खेततर्फ लाग्दै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाइएको छ। मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App