१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोट भुकम्प: रुकुम पश्चिममा मात्र ३६ जनाको मृत्यु

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६दशमल ४ म्याग्निच्युडको भुकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शनिवार बिहान सम्म सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३६ जनाको मृत्यु भएको हो।

उनका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हो। त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भैइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App