२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ। सयौँ जना बेपत्ता भएका छन्।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ। घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ।  

मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ।

प्रकाशित: १२ कार्तिक २०८० ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App