१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दसैंमा २२ दुर्घटना हुँदा दुईको मृत्यु, ३८ घाइते

पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। यही कात्तिक ४ गतेदेखि कात्तिक ७ गते विजयादशमीको चार दिनको अवधिमा भएको सवारी दुर्घटनामा सो सङ्ख्यामा मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

सो अवधिमा पर्सा जिल्लामा २३ वटा मोटरसाइकल, सात वटा कार/जीप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तीन वटा अटो रिक्सा दुर्घटना भएको प्रहरी निरीक्षक खतिवडाले बताए। उनका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएको तीन सय ६२ सवारीसाधनमा कारबाही गरी जरिवानाबापत तीन लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।   

प्रकाशित: १२ कार्तिक २०८० ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App