१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।

मादक पदार्थ खाएका दावा र श्रीमतीको घरायसी विवाद हुँदा श्रीमानले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो।

श्रीमान् श्रीमती बीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि झन्डै दुई सय मिटर टाढा गोरेटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए। हत्या गर्ने श्रीमानलाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले बताए।

शेर्पा दम्पतीको यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए। बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यहीं पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।

श्रीमतीको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको थियो। शेर्पा दम्पतिका दुई छोरी छन्। 

प्रकाशित: १० कार्तिक २०८० ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App