६ वैशाख २०८१ बिहीबार

अपांगताले सफलता छेक्दैन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन भएर पनि स्थायी शिक्षक भएर धेरैका लागि प्रेरणाका स्रोत बनेका छन्।

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाख रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन्।

खाल्लेमा पहिलोपटक बस पुग्दा...

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरेका थिए।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

कृषि तथा पशु मेला प्रदर्शनी ४३ किसान पुरस्कृत

प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो। मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो।

श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

नेपाल सरकारसँगको सम्झौता अनुसार ज्यामी काममा मलेसिया जानका लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो।

नगर उपप्रमुखले तलब खर्च गरेर बाँडे घाँसको बिरुवा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन्।

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।

काम नगर्ने ठेकेदारको स्काभेटरमा नगरपालिकाले लगायो ताला

सदमरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माण गर्न काम जिम्मा लिएर अलपत्र पारेको भन्दै ठेकेदारको ना ६ त २६१ र लु ३ त ८७६८ का २ ट्याक्टर तथा अर्को एउटा स्काभेटरमा ताला लगाएको हो।

खोटाङमा नक्कली मह बिक्री गर्ने एकजना पक्राउ

खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय अन्देश करौडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए।

एभरेष्ट साप्ताहिकका सम्पादकको खोटाङमा भीरबाट खसेर मृत्यु

धरानबाट हङकङ गएर दुई दशकयता पत्रकारिता गरिरहेका किसन राईको खोटाङमा भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ।

डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माबिको पर्खाल तथा सिँढी निर्माण गरेको डेढ महिनामै भत्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्