२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।  

वीरगञ्जको नगवा टोलका ५१ जना मानिसहरू चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर फर्किने क्रममा  ना ७ ख ४७४९ नम्बरको यात्रुबाहक बस गयराति ९ः ३५ बजे अनियन्त्रित भई दुर्घटना भएको हो।  

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार एकैटोलका ५१ जना पिकनिक मनाउनका लागि चितवनको जलविरे गएको र वीरगञ्ज फर्किने क्रममा सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा ठोक्किएर दुर्घटना भएको हो। उनले प्रारम्भिक अनुसन्धान अनुसार बसको गति एकसयभन्दा बढी रहेको र बैंकको भवनमा अनियन्त्रित भइ ठोक्किएको बताए।

उनले पिकनिकमा खाना पकाउन भनेर गएका एकजनाको घटनास्थलमै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको पनि बताए।

बसमा सवारमध्ये १२ जना घाइते तथा अन्य सामान्य घाइते भएको पनि उनले जानकारी दिए। १२ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको तथा २ जना आज बिहान डिस्चार्ज भएको पनि प्रजिअ सापकोटाले बताए। अन्य ९ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।  

प्रकाशित: १२ कार्तिक २०८० ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App