भारतीय मिडियामा प्रकाशित समाचारप्रति सेनाको आपत्ति
नेपाली सेनाले भारतीय मिडियामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली सेनालाई जोडेर भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा शिशिर गुप्ता र टिफि पोस्ट डटकममा अक्षय नारंगद्वारा लिखित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।