समुद्र संरक्षणमा ऐतिहासिक सहमति
लगातार १० वर्षको प्रयासपछि समुद्र संरक्षणमा ऐतिहासिक सहमति भएको छ। संयुक्त राष्ट्रसंघको सक्रियतामा भएको उच्च समुद्र सम्झौताअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत समुद्र संरक्षण गरी स्वच्छता कायम गरिनेछ

लगातार १० वर्षको प्रयासपछि समुद्र संरक्षणमा ऐतिहासिक सहमति भएको छ। संयुक्त राष्ट्रसंघको सक्रियतामा भएको उच्च समुद्र सम्झौताअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत समुद्र संरक्षण गरी स्वच्छता कायम गरिनेछ
चिनी मिल मालिकले उखु किसानको बक्यौता रकम भुक्तानी नगरेपछि पुन: आन्दोलनमा उत्रिएका छन्। गत वर्ष किसान र सरकारबीच भुक्तानीको सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेन। २०७६ माघ ७ गतेसम्म किसानको बक्यौता दिने गरी ५ बुँदे सहमति भएको थियो।
मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् ।
भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज च्यानल खोलियो भने पहिलो पटक हेर्ने मानिसलाई त्यो कुनै ‘सर्कस’ को न्यारेसन हो वा समाचार छुट्याउन मुस्किल पर्छ।
नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसलाई निमन्त्रणा गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार महासचिव गुटेरसलाई न्युयोर्कस्थित उनको कार्यालयमा भेटी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। दिल्लीको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनका भाइ माइकल फर्नाडीजका अनुसार जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो।' उनको नेपालका नेताहरुसँग समेत निकट सम्वन्ध थियो। उनले नेपालबारे चासो राख्थे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा फर्नान्डिजको सहानुभुति थियो। नेपाली नेताहरुसँग दिल्ली र काठमाडौंमा भेटिरहेने उनी हक्की स्वभावका थिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माणको लागि सात बुँदे सहमति गरे। एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ। सहमति पछि माओवादी नेता नारायणकाजी श्रेष्ठेले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति सुनाए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।
आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत मंगलबार साँझ सम्ममा ४० तहको परिणाम सार्वजनिक भएको छ।
पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमशः काँग्रेस र माओवादी पछिपछि देखिएका छन्।
