२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लुकिछिपी नेपाल आएका २६ नेपालीलाई पुनः भारततिरै फर्काइयो

भारतको पन्जाब प्रान्तको जालन्धरबाट गए राति नेपाल छिरेका २६ युवकलाई स्थानीय प्रशासनले भारततिरै फर्काएको छ। जालन्धरबाट तीन दिन लगाएर मोटरसाइकलमा आएका युवाहरुलाई स्थानीय प्रशासनले फेरि भारततिर लखेटेको हो। भारततिर लखेटिएका सबै युवक रौतहटको ईशनाथ नगरपालिकाका हुन्।

लिपुलेक त्रिदेशीय समस्या : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन्।

होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

कपिलवस्तु नगरपालिका– १ आनन्दबागस्थित होटल अरोमामा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन् । २ महिनादेखि होटममा बस्दे आएका भारतको राजस्थानका ६० वर्षिय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन । शनिवार बिहान ११ बजेतिर होटलमा सिंह मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक सुनील मल्ले बताए ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ ।

भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।

भारतबाट ६ हजार भित्रिए, १ हजारको मात्रै कोरोना परीक्षण

बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिए पनि अहिलेसम्म एक हजार एक सय २० जनको मात्र कोरोना परीक्षण गरिएको छ । गएको चैत महिनादेखि हालसम्म विभिन्न नाकाबाट जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । चैत १ गतेदेखि वैशाख तेश्रो सातासम्म जिल्लामा भारतबाट मात्रै ६ हजार बढी नागरिक भित्रिएको उनले बताए ।

भारतमा नेपालीको बिचल्ली

लकडाउनका कारण भारतका विभिन्न सहरमा रोजागारी गर्न गएका नेपाली बिचल्ली परेका छन् । घर फर्कदा बाटोमा र काम गर्ने कम्पनी बन्द हुँदा समस्यामा परेका छन् । कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएपछि भारतले लकडाउन घोषणा गरेपछि रोजगारीको लागि भारत गएका नेपाली अलपत्र परेका हुन् ।

लुकेर भारत पस्न खोजेका १ सय १० भारतीय फिर्ता

लुकीछिपी भारत जान खोजेका १ सय १० जना भारतीय नागरिकलाई मंगलबार प्रहरीले देउखुरी क्षेत्रमा रोकेको छ ।

लुकेर भारत पस्न खोजेका १ सय १० भारतीय फिर्ता

लुकीछीपी भारत जान खोजेका १ सय १० जना भारतीय नागरिकलाई मंगलबार प्रहरीले देउखुरी क्षेत्रमा रोकेको छ । दाङ बिजौरीस्थित एक ईट्टा उद्योगमा कार्यरत उनीहरु जंगलको बाटो हुँदै लुकीछिपी भारत पस्न खोज्दै थिए । उनीहरुलाई लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डिस्थित जंगलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

खाली ट्रक जाँच गर्दा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई जना पक्राउ

अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। विराटनगरको एकीकृत जाँच चौकीमा गाडी चेक गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो।

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ। लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो।

भारतीय सुरक्षाबल एसएसबि र नेपालका जनप्रतिनिधिकै सहयोगमा भित्रिदै‌

मर्चवारस्थित एक गाउँपालिकाका स्वास्थ्य इन्र्चाजलाइ शनिबार बिहानै एक जना जनप्रतिनिधिले फोन गरे । ती जनप्रतिनिधिले भारतबाट फर्केका आफना मान्छेको उद्वारका लागि तत्काल एम्बुलेन्स पठाइदिन भने । मर्चवारस्थित ठोठरी नाकाबाट बिहान उज्यालो नहुँदै नेपाल पसेका दुई जनालाई जनप्रतिनिधिकै सक्रियतामा मुडीलाबाट एम्मबुलेन्सले उद्वार गर्‍यो ।

बाह्य तरकारी आयातमा खुल्ला गरेपछि सिन्धुलीमा बढ्यो त्रास

भारतीय तरकारीलाई सिन्धुलीमा आयात गर्न खुल्ला गरेपछि स्थानीयलाई कोरोनाको त्रास बढेको छ । झन्डै तीन साता अगाडीबाट सिन्धुलीमा भारतीय तरकारीसहित तराई तथा बाह्य जिल्लाबाट आउने तरकारी फलफूल अण्डामा प्रतिवन्ध लगाइएको भएपनि हाल खुल्ला गरिएपछि स्थानीय त्रसित बनेका छन् ।

भारतीय मजदुरलाई साप्ताहिक राहत

इटाभटा बन्द भइसके पनि लकडाउनका कारण भारत फर्कन नसकेपछि इटाभटामा काम गर्ने भारतीय मजदुरहरुलाई साप्ताहिक राहत भताको बन्दोवस्त गरिएको छ ।

महाभारतमा पाटेबाघ देखिएपछि दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिदै

डडेल्धुराको लाईफलाईन रहेको महाभारत वन क्षेत्रमा दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको छ । पहिलो पटक महाभारत वन क्षेत्रको दुई हजार पाँच सय मिटरको उचाइमा पाटेबाघको ईमेज ट्याप भएपछी दोस्रो चरणमा क्यामेरा ट्यापिङ्ग गरिन लागेको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो । महाभारत वन क्षेत्रको भागेश्वर करिडोरमा यसअघि हालसम्मकै उचाईमा पाटेबाघको ईमेज ट्याप भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्