फाइजरको खोप सोमबार आइपुग्ने
१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ। खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ।
१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ। खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ।
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तिमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाएको छ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामै कमजोर रहेको देखिएको छ।
भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्याबले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्याबका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याब परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्।
स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयको वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन दर्ता गर्न असमर्थलाई यस्तो प्रमाणपत्र लिन राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा ८ थरी कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाले अबको खोप अभियानमा उमेर समुहको आधारमा प्राथमिकता निर्धारण हुने बताएको छ। राष्ट्रिय खोप कार्ययोजनाले उमेर समुहलाई आधार मानेर नै खोप दिने नीति रहेको हुनाले सोही अनुसार खोप दिंदै जाने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।
हाम्रा एक भान्जा मिर्गौला रोग लागेर डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगे। डायलाइसिसका लागि गोंगबुमा रहेको एक अस्पताल बुलन्द सिद्धि अस्पतालमा नाम दर्ता गराइ पालो लिइ डायलाइसिस गराउन थाले। पहिले हप्तामा दुई र पछि तीन पटकसम्म डायलाइसिस गराउन थाले तर विडम्बना त्यहाँ डायलाइसिस गराउँदासम्म उनलाई सास फेर्न गाह्रो हुने, न्युमोनिया हुने समस्याले बारम्बार अस्पताल भर्ना हुनुपर्ने भैरह्यो।
उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा सियारी गाँउपालिका २ मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीदिएको हो। कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको छ।
‘होम आइसोलेसनमा बसेका नगरवासीले हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी, असिफ खान, स्टाफ नर्स सुनिता थारुलाई मोबाइलमै सम्पर्क गर्न सक्नेछन्,’ उनले भनिन् ‘आफ्नो वडा र टोलको विवरण खुल्ने गरी नाम ठेगाना एसएमएस गर्ने वा सिधैं फोन सम्पर्क गर्न सक्नुहुनेछ।’
नगरपालिका बन्दा ५ वटा मात्र स्वास्थ्य चौकी रहेको आठबिसकोटमा स्थानीय तह बनेपछि २५ शड्ढयाको नगर अस्पताल र १३ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। अहिले १८ वटा स्वास्थ्य इकाइ केन्द्र रहेका छन् भने विशेषज्ञ सेवा सहितको अस्पताल छ।
कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनि दर्जन बढीको मृत्यु हुन्छ। कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ। कर्णालीका दुर्गम क्षेत्र मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सेवा दिनेगरी सरकारले प्रक्रिया अघि बढाएको छ।
संसारमा कहीँ हुन्छ प्रस्ताव पेस गर्ने मन्त्री भ्रष्टाचारी तर त्यही प्रस्ताव स्वीकृत गर्ने प्रधानमन्त्री निष्कलङ्क ?
राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँचबाहिर छ। अहिले पनि झन्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्षपछिको शल्यक्रिया मिति कुरेर बसेका छन्।