coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

४ महिनामै स्वास्थ्यचौकी निर्माण

ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीको सियारीमा स्वास्थ्यचौकी निर्माण गरिदिएको छ ।

उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा सियारी गाँउपालिका २ मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीदिएको हो। कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको छ।

उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सियारी गाँउपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुलाई चाबी दिएर स्वास्थ्य चौकी हस्तान्तरण गरेका हुन। तत्कालका लागि स्वास्थ्य चौकी संचालन गर्न उद्योगले १० वटा शय्या र १० वटा अक्सिजन सिलिण्डर पनि उपलब्ध गराएको छ।  

स्वास्थ्य चौकीको बुधबारै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे। मन्त्री श्रेष्ठले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए। अन्तिम अवस्थामा बिरामी अस्पताल जाँदा मृत्युदर बढेको भन्दै उनले स्थानीय तहहरुले समयमै संक्रमितको पहिचान र उपचारमा ध्यान दिनु पर्ने बताए।

उद्योगका प्रबन्ध निर्देशक अग्रवालले महामारीमा ग्रामीण भेगका जनता स्वास्थ्य सेवाबाट बञ्चित नहुन र भवनको छिटो सदुपयोग होस भनेर करिब ४ महिनामै  निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको बताए।  

स्वास्थ्य चौकीको भवन सरकारी मापदण्ड र नक्सा अनुरुप नै बनाइएको प्रबन्ध निर्देशक अग्रवालले बताए।

२ हजार २ सय स्क्वायर फिट क्षेत्रफलमा बनाइएको एकतले भवनमा ६ वटा कोठा, शौचालय, बाथरुम छन्। स्वास्थ्य मापदण्डअनुरुप बनाइएको भवनमा १५ वटा शय्या राखेर स्वास्थ्य उपचार गर्न सकिने छ। गाँउपालिकाका अध्यक्ष थारुले कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सो भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर संचालन गरिने बताए।

प्रकाशित: १२ जेष्ठ २०७८ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App