८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अबको खोप अभियानमा ५५ वर्ष माथिका प्राथमिकतामा

स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाले अबको खोप अभियानमा उमेर समुहको आधारमा प्राथमिकता निर्धारण हुने बताएको छ। राष्ट्रिय खोप कार्ययोजनाले उमेर समुहलाई आधार मानेर नै खोप दिने नीति रहेको हुनाले सोही अनुसार खोप दिंदै जाने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।  

खोप शाखाका प्रमुख डा. झलक गौतमले भने, ‘खोपको प्राथमिकतामा उमेर समुह नै आधार मानिनेछ।' आइतवार साँझसम्म कुन उमेरलाई कति खोप दिने भन्ने बारेमा निर्णय नभइसकेको र सोमवार सो निर्णय हुने गौतमको भनाइ छ। यस अघि ६० देखि ६४ वर्ष माथिका उमेर समुह पनि खोप लगाउन बाँकी रहेको र त्यो समुहलाई समेटेर अन्य उमेरलाई पनि खोप दिन मिल्ने गरी खोपको डोज आइपुग्ने भएकोले अवको प्राथमिकतामा ५५ वर्ष माथिका पर्ने सम्भावना रहेको खोप आपुर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुगांनाले बताए।  

सोमवार विहान अमेरिकावाट १५ लाख डोज खोप आइपुग्ने भएको छ भने असारभित्रमा चीनवाट ४० लाख डोज गरी ५५ लाख डोज खोप आइपुग्ने भएको छ। चीनबाट आउने खोप दोस्रो डोजसहित २० लाख जनसंख्यालाई पुग्छ भने अमेरिकाको जोनसोन एण्ड जोनसोन खोप एक डोज मात्र लगाए पुग्ने भएकोले थप ३५ लाख जनसंख्यालाई उपलब्ध खोप दिन मिल्नेछ। ५५ वर्ष माथिकाहरुको जनसंख्या ३५ लाख भन्दा कम भएकोले त्यो भन्दा कम उमेर समुहलाई समेत खोप पुग्ने सम्भावना रहेको आपुर्ति महाशाखाका ढुंगानाले बताए।

संक्रमण १९.९ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर १९.८ प्रतिशत रहेको छ। कुल परीक्षण भएका ९ हजार २ सय १८ जना मध्येमा १८ सय ३१ जनामा कोरोना पुष्टि भएको हो। थप सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ जना संक्रमित पुगेका छन्। ती मध्येमा ४ लाख ४२ हजार ८८ जना दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्।  

गत २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ३ सय ८२ जना पुगेकाे छ। ती मध्येमा ६ हजार १ सय २३ जनाको दोस्रो लहरको अवधिमा संक्रमित भएका हुन्। केही सातादेखि नेपालमा कोरोना संक्रमणदर १५ देखि २० प्रतिशतभित्र रहेको छ।

प्रकाशित: २८ असार २०७८ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App