२६ आश्विन २०८१ शनिबार
image/svg+xml

पटाका निषेधित पोखरामा सरकारी आतसबाजी

कुँवरले भने, ‘उद्घाटन भन्दा समापन भव्य हुनेछ। जसका लागि अस्ति खरिद गरेको पटाकाले पुग्दैन, हामी पटाका अझै थप्छौँ।,’ आतसबाजी गरिएको समयमा सो क्षेत्रमा ध्वनीसँगै धुँवा र बारुदका कारण प्रदूषण भएको थियो।

महिला फुटबलः एपिएफले कर्णालीमाथि गोलको वर्षा

एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो। खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

महिला क्रिकेटः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

टस जितेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरीले निर्धारित २० ओभरमा ममता चौधरीले अविजित १७ रनका योगदानमा १०१ रनको योगफल तयार पार्‍याे। पहिलो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा गुमाएको सशस्त्रलाई राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: निशाको राष्ट्रिय कीर्तिमान

हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पूरा गर्दै किर्तिमान बनाइन्। उनले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्।

विभागीय टोलीसँग परेका प्रदेशको खेल कमजोर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा विभागीय टोलीसँग प्रदेशको खेल निकै कमजोर देखिएको छ।

पुलिस र लुम्बिनी अन्तिम चारमा

विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।

उद्घाटन समारोह विगतभन्दा खल्लो

उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो।

नवौँ राष्ट्रिय खेलकुद: फुटबलमा सुदरपश्चिम प्रदेश विजयी

खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो। पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो। खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे।

नवौँ राष्ट्रिय खेलकुद: कुस्ती र सेपाताक्रो शनिबारदेखि

कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी एक सय ६० जना र सेपाताक्रोतर्फ ९८ जना खेलाडीले भाग लिनेछन्।

गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा

शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन

‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे।

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

नवौं राष्ट्रिय खेलकुदः आर्मीको सहज जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ।

नवौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा गण्डकी समूह विजेता

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ। पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो। पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३–१ सेटमा हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्