२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ।  चन्द्र थापाको सर्वाधिक १८ गोलको प्रेरणामा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले हराउँदै फाइनल पुगेको हो। गण्डकीले स्वर्ण पदक भिडन्तका लागि शनिबार विभागीय टोली आर्मीको चुनौती सामना गर्नेछ। 

शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। शनिबार नै एपिएफ र लुम्बिनीबीच तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुनेछ। महिला ह्याण्डबलमा दुई विभागीय टोली आर्मी र एपिएफ फाइनल पुगेका छन्। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले प्रदेश–१ लाई २९–६ ले हराउँदै फाइनल पुगेको हो । एपिएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन्। 

महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। आर्मीकी कल्पना ओलीले सर्वाधिक सात गोल गरिन्। आर्मी र सशस्त्रबीच शनिवार दिउँसो २ बजे फाइनल खेल हुनेछ। त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि बिहान १० बजे खेल हुनेछ।

प्रकाशित: २८ आश्विन २०७९ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App