९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

महिला फुटबलः एपिएफले कर्णालीमाथि गोलको वर्षा

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो।

खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। लगत्तै खेलको ९ औं मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन्।

खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औं मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गदै ह्याट्रिक पूरा गरिन्। खेलको १९ औं मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन् भने २१ औं मिनेटमा प्रिति राईले छैटौं गोल गरिन्।

२७ औं मिनेटमा अनिताले, ३६ औं मिनेटमा सरुले, ४५ औं मिनेटमा सावित्रा व्यक्तिगत चौथो सँगै टोलीलाई ९ गोलको अग्रता दिलाइन्। सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १० औं गोल गरिन्।

खेलको ४८ औं मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दै टोलीका लागि ११ औं गोल गरिन्। ५२ औं मिनेटमा साविाले, ६१ औं मिनेटमा मनमाया लिम्बुले, ७१ औं मिनेटमा गीता रानाले र खेलको ८३ औं र ८६ औं मिनेटमा रविना गोलेले टोलीका लागि १५ औं र १६ औं गोल गरिन्।

प्रकाशित: २९ आश्विन २०७९ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App