१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा गण्डकी समूह विजेता

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबार पुरुष भलिबलमा प्रतिस्पर्धा गर्दै गण्डकी प्रदेश र वाग्मतीका खेलाडी। तस्बिरः उमेश पुन÷नागरिक

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ। पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो। पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३–१ सेटमा हरायो।

यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित गरिसकेका छन्। दुई टिमले समूह बिजेता बन्न प्रतिस्पर्धा गरेका हुन्। पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो। तेस्रो र चौंथो सेटमा गण्डकीले मौका दिएन। तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो।

शुक्रबार भएको भलिबल खेलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो। साविक बिजेता पुलिसले २५–१६, २५–१२ र २५–११ को सहज जित निकालेको हो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ।

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वागमती प्रदेश छन्। प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन्।

शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।  

प्रकाशित: २८ आश्विन २०७९ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App