१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विभागीय टोलीसँग परेका प्रदेशको खेल कमजोर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा विभागीय टोलीसँग प्रदेशको खेल निकै कमजोर देखिएको छ। पहिलो चरणको खेल अन्र्तगत बिहिबार र शुक्रबार सम्पन्न भएको खेलमा विभागीय टोलीले फराकिलो अन्तरले जितेको छ।  

बेनीको खुल्ला मञ्चमा भएको तीन खेलहरुमा प्रदेश टिमको तुलनामा विभागीय टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो।  

पहिलो सेट २५–६ दोस्रो सेटमा २५–२ र तेस्रो सेटमा २५–७ को सहज जित निकालेको थियो भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै जितमा खाता खोलेको छ। पुलिसले पहिलो सेटमा २५–१०, दोस्रोमा २५–११ र तेस्रोमा २५–९ को सहज जित निकालेको हो।

नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन्। यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ। शुक्रबार नै भएको खेलमा बागमती प्रदेशले समेत बिजयी सुरुवात गरेको छ।  

प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो। बागमतीले प्रदेश १ माथि पहिलो सेटमा २५–७, दोस्रामो २५–१२ र तेस्रोमा २५–१२ को सहज जित निकालेको हो। शुक्रबार भएका तीन प्रतियोगितामा एपीएफका कविता भट्ट, बागमतीका सलिना बुढामगर र पुलिसका लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित भएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए। शनिबार पहिलो खेल विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग कर्णाली प्रदेश र दोस्रो खेलमा प्रदेश नम्बर १ संग मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

लिग चरनका चार समूहका खेल सकिएपछि क्वाटरफाइनल प्रवेशका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ। पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन्। समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २/२ वटा टिम छन्।

यसैबिच बेनीमा शुक्रबार साझँबाट तेक्वान्दो प्रतियोगिताको खेल सुरु भएको छ। सात प्रदेश, तीन विभागीय र एनआरएनएका ३३० जना खेलाडी विभिन्न उमेर समुहमा ६६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा तयारीमा ढिलाई भएकाले शनिबारदेखि मात्रै खेल प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन्।

प्रकाशित: २९ आश्विन २०७९ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App