१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद: कुस्ती र सेपाताक्रो शनिबारदेखि

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ। कावासोतीस्थित रहेको योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्तिथारु राष्ट्रिय सङ्ग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ।      

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साज सज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवम् सेपाताक्रो खेल संयोजक नेत्र गुुरुङ्गले जानकारी दिए। उनका अनुसार शनिबार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ। प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य व्यवस्थाकीय तयारीका काममा सक्रिय छन्। कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी एक सय ६० जना  र  सेपाताक्रोतर्फ ९८  जना खेलाडीले भाग लिनेछन्।      

महिला र पुरुषको फरकफरक तीन वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली,  सुदूरपश्चिम र नेपाली सेनाका टिमले भागलिने छन् भने कुस्तीतर्फ सात वटा प्रदेश र तीन वटा विभागीय टिम नेपाली सेना, नेपालप्रहरी र सशस्त्र प्रहरीको टिमले भागलिने छ्न्। अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ। 

प्रकाशित: २८ आश्विन २०७९ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App