१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुद: फुटबलमा सुदरपश्चिम प्रदेश विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ। पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो।

खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो। पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो। खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे। खेलको ६२औँ मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्‍याए।

दोस्रो हाफको ७७औँ मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो। खेलमा ८४औँ मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा खेल पुर्‍याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसको दुई मिनेट पश्चात सुदुरका शसाङ्क बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए। खेलको ९४औँ मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जीत निश्चित गराए। त्यसको एक मिनेटपछि  कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई जीत दिलाउन सकेनन्।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुनेछन्। समूह ‘बी’ अन्तरगत मधेश प्रदेश र ससस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ‘ए’ अन्तरगत प्रदेश–१ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुने खेल तालिका छ। रासस

प्रकाशित: २८ आश्विन २०७९ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App