१० मंसिर २०८१ सोमबार
image/svg+xml

बागमतीमा बढ्दै डेंगु सङ्क्रमण

बागमती प्रदेशमा डेंगुको सङ्क्रमण निरन्तर उकालो लाग्ने क्रममा रहेको छ ।अघिल्लो वर्ष झैँ यो वर्ष पनि सङ्क्रमणको दर उकालो लाग्ने क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा मात्रै यस प्रदेशमा १३३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। बागमतीमा सोमबार ८५ जना डेंगुको सङ्क्रमण पुष्टि भएकोमा आइतबार १२७ जना सङ्क्रमित भएका थिए ।

बागमतीमा ६ प्रतिशतले बढ्यो अपराध

बागमती प्रदेशमा अपराधिक घटना बढ्दो क्रममा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा ६ दशमलव २२ प्रतिशतले अपराध बढेको हो।

कोशी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गरी कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

छाडा चौपाया व्यवस्थापनमा मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकराल समस्या बनेको छाडा चौपाया व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने बताएका छन्।

एमालेद्वारा प्रदेशसभा बैठकको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेशसभा बैठक राख्न माग गरेको छ। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले प्रदेशसभा बैठक आव्हानको माग गरेको हो।

विरोधपछि दुई सांसदले बुझाए प्रदेशसभा सचिवालयबाट लगेको चुलो

कोशी प्रदेशका सांसदहरूलाई चुलो वितरण गरिएको भन्दै चौतर्फी विरोध भएपछि दुई जना सांसदले चुलो फिर्ता ल्याएका छन्।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।

कोशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन।

कोशीमा मन्त्रिपरिषद् विस्तार

कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

कोशी प्रदेशको स्वस्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य निर्मला लिम्बू नियुक्त भएकी छिन्।

कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी

कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी गरिएको छ । लिम्बुलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनाउने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको तयारी गरेका हुन्।

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ। विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

लम्पी स्किनले गण्डकीमा मात्र ३७ सय बढी पशु मरे

पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा अहिलेसम्म १६ सय २१ वटा गाई र १६ सय १६ वटा गोरु लम्पी स्किन रोगले मरेका छन्। त्यस्तै ५० वटा भैंसी र ४ सय ५५ वटा बाच्चाबाच्छी पनि यही रोगले मरेका छन्। ‘

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्