११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गरी कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि  असार १४ गते तेस्रो अधिवेशन आव्हान गरिएको थियो। कार्कीले विश्वासको मत नपाएपछि असार १५ गते अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो।

कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन २०८० जेठ १४ गते बोलाइएको थियो। उक्त अधिवेशनभर ६ वटा बैठक बस्यो। त्यसपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो।  

प्रकाशित: २९ श्रावण २०८० ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App