स्थानीय बजारमा आज सुनको मूल्यमा फेरि भारी वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुन १४ हजार ४०० रुपैयाँले बढेको हो।
यस्तै चाँदी पनि २६५ रुपैयाँ बढेर पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यसअघि मंगलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित: २१ माघ २०८२ १०:५४ बुधबार





