२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेद्वारा प्रदेशसभा बैठकको माग

तस्बिर: पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेतासहित सांसदहरु।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेशसभा बैठक राख्न माग गरेको छ। आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले प्रदेशसभा बैठक आव्हानको माग गरेको हो।

गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेश सभाको अर्को बैठक झण्डै डेढमहिना हुँदा पनि बस्न नसकेको भन्दै एमालेले बैठकको माग गरेको हो। ‘नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन्। बाढीपहिरोले जताततै क्षति पु¥याइरहेको छ। चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन्’, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) ले भने, ‘तर, सरकार कहाँ छ कसैलाई पत्तो छैन। अधिकांश मन्त्रीहरु राजधानी हेटौंडा बस्दैनन्। जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन्। तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन।’ गर्नुपर्ने धेरै कामहरु भएपनि सरकार भने मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित रहेको उनले आरोप लगाए।

प्रदेश सभालाई विजनेस दिन नसकेको उनको भनाई छ। संघीयताका बारेमा शंङ्का उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्ने खालका गतिविधि सत्तापक्षबाटै भैरहेको उनको आरोप छ। प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना बितिसक्दा समेत कुनैपनि संसदीय समितिको पहिलो बैठक नै बस्न नसक्नु लज्जास्पद भएको थपलियाको भनाई छ।

मिनी संसद भनिने संसदीय समितिलाई सक्रिय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेमा सरकारी लापरबाहीले हद नाघेको उनले भनाइ छ । नेकपा एमालेले प्रदेश सभाको बैठक तत्काल बोलाई आम नागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्नेे व्यवस्था मिलाउन माग गरेको छ।  

प्रकाशित: २८ श्रावण २०८० १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App