११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

विरोधपछि दुई सांसदले बुझाए प्रदेशसभा सचिवालयबाट लगेको चुलो

कोशी प्रदेशका सांसदहरूलाई चुलो वितरण गरिएको भन्दै चौतर्फी विरोध भएपछि दुई जना सांसदले चुलो फिर्ता ल्याएका छन्। कोशी प्रदेश सभा सचिवालयबाट चुलो बुझेर लगेका २१ जना सांसद मध्ये दुईजनाले चुलो फिर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

चुलो फिर्ता गर्नेहरूमा सत्तारुढ नेपाली कांग्रेसकी इन्दिरा थापा र प्रतिपक्षी दल नेकपा एमालेका लिलाबल्लाभ अधिकारी छन्। अन्य १९ जना प्रदेशसभा सदस्यहरूले भने चुलो फिर्ता गरेका छैनन्।

मुख्यमन्त्री  राजेन्द्र राईको पालामा सरकारले लक्षित वर्गका लागि इन्डक्सान चुलो खरिद गर्न छुट्याएको बजेटबाट एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारका खानेपानी सिंचाई तथा उर्जा मन्त्री तिलकुमार म्याङ्वोको मन्त्री स्तरिय निर्णयबाट  टेन्डर मार्फत ९५ लाख रुपैयाँमा विद्युतीय चुलो खरिद गरिएको थियो।

लक्षित वर्गका लागि छु्ट्याएको बजेटबाट  खरिद गरिएको विद्युतीय चुलो कोशी प्रदेशका सांसद र अधिकृतस्तर माथिका कर्मचारीलाई वितरण गरेपछि विवादमा परेको थियो। विवादकै कारण शुक्रबार सम्म चुलो बुझेर लगेका बाहेक अन्य सांसदहरू चुलो लिन नआएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयले त्यहाँका ३० जना कर्मचारीलाई चुलो वितरण गरेको छ। एउटा चुलो कार्यालय प्रयोजनका लागि राखिएको सचिवालयले जनाएको छ।  

प्रकाशित: २८ श्रावण २०८० १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App