१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी

कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) की संसदीय दलकी नेता निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी गरिएको छ । लिम्बुलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनाउने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको तयारी गरेका हुन्।  

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले मन्त्रीमा नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारी छ। आजै दिउँसो ३ बजे मन्त्री लिम्बुले सपथग्रहण गर्ने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले जानकारी दिए। यस अघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री नै थिइन्।  

प्रकाशित: २६ श्रावण २०८० ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App