१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।

बाँसबारी जग्गा सरकारीकरण गर्ने निर्णय र त्यससम्बन्धी मिसिल झिकाउन सर्वोच्चको आदेश

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी करण गर्ने प्रक्रिया सुरु भएपछि त्यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ‘जग्गा सरकारी करण गर्ने निर्णय र त्यससम्बन्धी मिसिल’ झिकाउन आदेश दिएको छ।

कैद बस्न बाँकी समय १ लाख ९ हजार वर्ष, उठन् बाँकी जरिवाना करिब साढे १९ अर्ब

विभिन्न फौजदारी मुद्दामा सजाय ठहर भएका व्यक्ति फरार भइदिँदा कैद वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा कैद बस्न बाँकी समय एक लाख नौ हजार २५ वर्ष छ।

सरकार नै टेर्दैन अदालतको आदेश

सर्वोच्च, उच्च र जिल्ला अदालतबाट भएका फैसलाका साथै सरकारलगायतका नाममा हुने परमादेश, निर्देशनात्मक आदेश कार्यान्वयनमा समस्या देखा परेकाे छ।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

संसद् महासचिवविरुद्धको निवेदन दरपीठ

सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

उच्च अदालतले भन्यो: 'ललिता निवास क्षेत्र खाली नगराउनु'

उच्च अदालत, पाटनले बालुवाटारस्थित ललिता निवास क्षेत्र खाली नगराउन अन्तरिम आदेश दिएको छ।

विद्यालय नजिकै मेला सञ्चालन नगर्न अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

सुन जोख्ने मेसिनसहित पक्राउ परेका अग्रवाललाई धरौटीमा छाड्न आदेश

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पूर्वमन्त्रीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘भिभिआइपी सवारीमा सडक बन्द नगर्नू’

सर्वोच्च अदालतले अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सवारीका नाममा सडक बन्द गराउन नपाउने गरी परमादेशको आदेश जारी गरेको छ।

बालबालिकाका मुद्दा समयमै छिन्न आदेश

नजिर र कानुनका आधारमा बालबालिकासँग सम्बन्धित मुद्दाको छिनोफानो समयमै हुन नसकेपछि जिल्ला अदालतका नाममा सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्