२१ आश्विन २०८१ सोमबार
image/svg+xml

११७ स्थानीय तहमा पाँच प्रतिशत बिजुली

नेपाल विद्युत् प्राधिकरणको अध्ययनले ११७ वटा स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बिजुली पुगेको देखाएको छ। प्राधिकरणले मुलुकभर रहेका नगरपालिका तथा गाउँपालिकामा गरेको अध्ययनले २२२ स्थानीय तहमा भने ९० प्रतिशत विद्युत्को पहुँच पुगेको देखाएको छ।

अदालतमा थन्किँदै सम्बन्ध विच्छेदका मुद्दा

नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्।

वैदेशिक रोजगारीको पीडा, जो कफिनमा फर्किए (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।

काठमाडाैँ जिल्ला अदालतमा मुद्दाको चाप

नयाँ मुलुकी ऐन लागु भएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दाको चाप ह्वात्तै बढेको छ। अदालतमा नयाँ मुद्दा, जिम्मेवारी सरेका र विवाह दर्तागरी कुल मुद्दाको संख्या २३ हजार ६ सय ६८ पुगेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। त्यसमध्ये यस आर्थिक वर्षमा १३ हजार एक सय ३१ थान अर्थात् करिब ५७ प्रतिशत मुद्दा छिनोफानो भइसकेको र १० हजार ५ सय ३७ थान मुद्दा विचाराधीन अवस्थामा रहेको श्रेस्तेदार श्रेष्ठको भनाइ छ।

जि–२० का जटिलता

जापानको ओसाकामा हालै जि–२० मुलुकको शिखर सम्मेलन सम्पन्न भयो। तर सम्मेलन चालु रह“दा संसारको ध्यान भने जि–२० तिरभन्दा त्यहीँ भएका अन्य साइडलाइन बैठकमा बढी केन्द्रित देखियो। चीन र संयुक्त राज्य अमेरिकाबीच चर्किंदो व्यापार युद्धका कारण ओसाकामा भएको डोनाल्ड ट्रम्प र सी चिनफिङबीचको साइडलाइन बैठक सबभन्दा चासोका विषय बन्यो।

सुध्रिएन शिक्षा

शैक्षिक गुणस्तरका दृष्टिले फेरि एकपटक मुलुकले लज्जित हुनुपरेको छ । शैक्षिक नीति–निर्माण र वैदेशिक सहयोग शिक्षा क्षेत्र सुधारका लागि प्रयोग हुँदै आए पनि गुणस्तर बढेको देखिएन । विगतमा ‘फलामे ढोका’का रूपमा रहेको एसएलसीलाई विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षरांकन प्रणालीमा परिवर्तन गरेपछिको परिणामले आशाको सन्देश दिनुपर्ने हो तर स्थिति त्यस्तो देखिएन ।

चालु खाता २२१ अर्ब घाटामा

चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको चालु खाता घाटा दुई खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो घाटा एक खर्ब ९२ अर्ब पाँच करोड रुपैयाँ बराबर थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा एक अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्ष एक अर्ब ९५ करोड पुगेको हो। यो अवधिमा सरकारसँग भने एक सय ३७ अर्ब १९ करोड रुपैयाँ नगद छ। यो स्थानीय तहको खातामा रहेको ५५ अर्ब ६२ करोड समेतको हो।

महिलाको थर

मुलुकी देवानी संहिता २०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ।

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न उजुरी दिने पुरुषको संख्या बढेको छ। नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध बिच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि पुरुषले पनि सम्बन्ध बिच्छेदका उजुरी दिन थालेका हुन्।

शासन फेरियो, प्रवृत्ति पुरानै

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पूरा भएको छ। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा ग¥यो। ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले राजतन्त्र अन्त्यसहित मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिरहँदा संविधानसभाका सदस्य मात्र होइन, आमनेपालीले खुसियाली मनाए।

सवा खर्बको कृषि वस्तु आयात

सरकारले कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरिरहँदा आठ महिनाको अवधिमा सवा खर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन आयात भएको छ। सरकारले कृषि क्षेत्रमा हरेक वर्ष बजेट बढाउँदै लगे पनि अपेक्षित रुपमा उत्पादन र उत्पादकत्व वृद्धि नहुँदा दैनिक भान्छामा प्रयोग हुने खाद्यान्न, तरकारी, तेलदेखि मासुसम्मको आयात बढेको हो।

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

१ सय ४५ सम्बन्धविच्छेदका मुद्दा

नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ।

मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ।

मैले जंगल जान्छु भनेर फेरि लडाइँ र हिंसामा जान्छु भनेको होइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्