१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
मुकुन्द घिमिरे


  

मुकुन्द घिमिरेका लेखहरु :

वैदेशिक रोजगारीको पीडा, जो कफिनमा फर्किए (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।

'ठालू'को यात्रा, बच्चालाई मर्का

भिभिआइपी सवारीमा बन्ने जामको ठूलै आलोचना हुने गर्छ। नहोस पनि किन अर्काको काममा आफ्नो काम थाँती राख्नु पर्छ। यो ‘प्रबृति’ जति आलोचित भए पनि यसलाई पछ्याउनेको भने कमी छैन। पछिल्लो समय आफ्नो गच्छे अनुसार ‘भिभिआइपी’ बन्ने ‘प्रबृति’ विकास हुँदै आएको छ। यो ‘भिभिआइपी’ बनेर आफ्नो काम गर्न अरुको मतलव नगर्ने प्रबृति साना ‘भिभिआइपी’ले पनि पछ्याएको देखिन्छ। त्यसमा पनि कारमा हिँड्ने र बाइकमा हिँड्ने ‘भिभिआइपी’को आफ्नै ठाँट छ।

मानव स्वास्थ्यमा यस्तो असर पार्छ विषादी प्रयोगले (भिडियाे सहित)

घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा ह्रास ल्याउने चिकित्सकहरु बताउँछन्। यसका अलावा स्नायुको विकास र व्यवाहारमा विकृति, जन्म विकृतिदेखि क्यान्सरसम्मको सम्भावना रहन्छ।

यसरी परीक्षण गरिन्छ तरकारीमा रहेको विषादीको अवस्था...

केही हप्तायता नाकामा रोकिएका तरकारीको चर्चा चुलिएको छ। भारतबाट दैनिक नेपाल भित्रने सयौं ट्रकहरु तरकारीमा विषादी प्रयोगको मात्रा परीक्षणका लागि नाकामा रोकिएका छन्। नेपालमा कसरी परीक्षण हुन्छ विषादी? हामीले खाने फलफूल तथा तरकारीको अवस्था कस्तो छ? यो महत्वपूर्ण पक्ष छ।

कोड भाषा प्रयोग गर्छन् पकेटमार, एक महिनामा ८२ पक्राउ

पाँचथरका नागेन्द्र लिम्बुको बालाजुको माछापोखरीमा गाडीबाट ओर्लदै गर्दा झोलामा भएको २ लाख रुपैयाँ लुटियो। सार्वजनिक सवारीमा पैसा लुटिने उनीजस्ता धेरै सर्वसाधारणहरु छन्। त्यस्तै अर्को घटना भएको थियो झापाका प्रशन्न घिमिरेको पनि। वेलुकी पशुपतीको आरती हेरेर फर्कने क्रममा गाडिमा एक्कासी भीड भयो र केही बेरमा खालि पनि भयो। तर, त्यसबीचमा उनले आफ्नो पर्स पाकेटमारले लुटिसकेको थियो।

खेलकुदको बजेट कति प्रभावकारी ?

आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्।

पब्जी र टिकटक : रमाइलो मात्र

‘टिकटक’ प्रयोगकर्ताहरूको अवस्था पनि मोबाइलमा पब्जी खेल्नेको भन्दा फरक छैन। उनीहरूको पनि अधिकांश समय टिकटकमै खर्च हुन थालेको छ। कलंकी बस्ने सरिता गहतराजले टिकटक प्रयोग गर्न थालेको १ वर्ष भयो। दिनमा ४ देखि ५ घण्टा उनी टिकटकमै बिताउँछिन्। ‘राम्रो भिडियो बनाउन त कहिलेकाहीँ दिन नै जान्छ,’ उनले भनिन्, ‘टिकटक भिडियो बनाउन छुट्टाछ्ट्टै मेकअप र ड्रेस चाहिन्छ।

‘कुल क्याप्टेन’को त्यो उग्ररुप, आवेशमा आउँदा कारवाही

कुल क्याप्टेनको छवि बनाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी बिहीबारको खेलमा उग्र देखिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्