२० आश्विन २०८१ आइतबार
image/svg+xml

वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुनेः रामनारायण बिडारी

‘संवैधानिक आयोग अपांग भयो। अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो। मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो,' उनले भने,'संसदको गरिमा पनि घट्यो। अदालतको आलोचना हुन थाल्यो। प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो। संवैधानिक अंगहरु निष्प्रभावि भयो। संविधान विरोधीहरु खुसी भए। नेपाल विरोधीहरु नाच्न थाले। यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले।’

वर्तमान सरकारले मुलुक चलाउन सक्दैन: कोमल वली

उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताईन्। शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताईन्।

ओलीका तीन वर्ष: न लगानी वातावरण न आर्थिक विकास

तीन वर्षअघि सिंहजस्तै शक्तिशाली बनेर सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले लक्ष्य गरेअनुसार खर्च गर्न र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन चुके।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ। यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ।

धितोपत्र बोर्डले भन्यो– ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल

मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो।

राष्ट्रहितविरूद्ध सरकारी दुस्साहस !

साविकको राज्य संरचनालाई भताभुङ्ग बनाएर संघीयता लागु गर्ने जस्ता विध्वंसका अजेन्डामा ‘जनता’ को जलप हालेर कहिलेसम्म जनतालाई अल्मल्याइरहने ?

तीन मुलुकमा नियमित उडान

प्राधिकरणका अनुसार टर्कीको इस्तानबुलदेखि काठमाडौंसम्म टर्किस एयरलाइन्स र काठमाडौंदेखि कतारको दोहासम्म कतार एयरवेज र नेपाल एयरलाइन्सले उडान भर्नेछन्। काठमाडौं–दिल्ली रुटमा एयर बबल प्रणाली अन्तर्गत एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान जारी राख्नेछन्।

मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ।

मुलुक ‘प्रोक्सी रुल’ तिर

ओलीलाई ‘भारतको टाङमुनि छिरिसकेको’ देउवाले देखे पनि यहाँनिर मान्नैपर्छ, ओली अरू पात्रहरू भन्दा अग्लो देखिएका छन्– आफ्नो क्षमता, सिप र जाँगर प्रयोग गर्न।

चीनद्वारा दक्षिण एसियाली देशसँग आपतकालीन आपूर्ति संयन्त्र निर्माणको प्रस्ताव

मंगलबार चीनसहित भारतबाहेकका अन्य पाँच दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरूको भिडियो कन्फरेन्समार्फत भएको छलफलमा चीनले यस्तो प्रस्ताव राखेको हो।

नेपाललाई 'ट्रान्जिट' बनाई तेस्रो मुलुक प्रस्थानमा रोक

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नयाँ भेरियन्टको बढ्दो जोखिम कम गर्न नेपालबाट तेस्रो मुलुक जान रोक लगाइएको छ।

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ।

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो: प्रदीप गिरी

'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्