२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनद्वारा दक्षिण एसियाली देशसँग आपतकालीन आपूर्ति संयन्त्र निर्माणको प्रस्ताव

चीनले नेपालसहित पाँच दक्षिण एसियाली मुलुकसँग दुई महत्वपूर्ण संयन्त्र निर्माणको प्रस्ताव राखेको छ। मंगलबार चीनसहित भारतबाहेकका अन्य पाँच दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरूको भिडियो कन्फरेन्समार्फत भएको छलफलमा चीनले यस्तो प्रस्ताव राखेको हो।

प्रस्तावमा चीन दक्षिण र एसियाली मुलुकबीच आपतकालीन आपूर्ति संयन्त्र र चीन–दक्षिण एसियाली मुलुकबीच गरिबी निवारण तथा विकास साझेदारी संयन्त्र स्थापना गर्ने घोषणा गरिएको छ। त्यस्तै चीन र दक्षिण एशियाली मुलुकबीचमा ई–कमर्स साझेदारी फोरमको माध्यमबाट ग्रामिण क्षेत्रमा गरिबी निवारण गर्ने भनिएको छ।  

चीनसहित नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूको संयुक्त विज्ञप्तिमा चीनको प्रस्तावमा सबै सहभागी मुलुकहरूले समर्थन गरेको र प्रस्तावित संयन्त्रहरूलाई समावेशी, पारदर्शी र दिगो बनाउने उल्लेख गरिएको छ। 

छलफलमा सहभागी ६ वटै मुलुकहरू सहयोगलाई निरन्तरता दिन, परराष्ट्रमन्त्री, सचिव र महानिर्देशक तहमा परामर्स जारी राख्न तथा भविष्यमा सहयोगका क्षेत्र विस्तार गर्न सहमत भएका छन्। यसका अतिरिक्त खुल्लापन, समावेशी र सबैको जित हुने सिद्धान्तका आधारमा यस क्षेत्रका अन्य मुलुकहरूको सक्रिय सहभागीतालाई पनि स्वागत गरिने जनाइएको छ।  

प्रकाशित: १७ वैशाख २०७८ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App